d

"जलवायु मैत्री कृषि, धान उत्पादनमा बृध्दि" नाराका साथ गौरादहमा २१ औं धान दिवस मनाइएको छ ।

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा/ असार १५, २०८१: 

"जलवायु मैत्री कृषि, धान उत्पादनमा  बृध्दि" नाराका साथ गौरादहमा २१ औं धान दिवस मनाइएको छ  । 

माहारानीझोडा साना किसान कृषि सहकारी संस्था लि. र गौरादह न.पा. को संयुक्त आयोजनामा २१औं धान दिवस विविध कार्यक्रमको आयोजना गर्दै मनाइएको हो । गौरादह ४ स्थित संस्थाको चाक्लाबन्दी सामुहिक खेतीमा आज विहान विशेष कार्यक्रम आयोजना गरि २१ औं धान दिवस मनाइएको हो । 

उक्त अवसरमा दही चिउराको परिकार साथ सामुहिक धान रोपाइँ गरिएको थियोे । 

कार्यक्रममा नगर प्रमुख , उपप्रमुख जलवर्षा राजवंशी,प्रमुख कार्यकारी अधिकृत युवराज खतिवडा, वडा अध्यक्ष दुर्गामणी बस्नेत, र नगेन्द्र भण्डारी, संस्था अध्यक्ष मिना ढकाल लगायत संस्थाका शेयर सदस्यहरु र स्थानीयवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Views: