d

गौरीगन्ज गाउँसभा: ४९ करोड ५३ लाख बराबरको बजेट प्रस्तुत

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

गौरीगंज १६, असार / गौरीगंज गाउँपालिकाले आर्थिक वर्ष २०८१/० ८२ को लागि ४९ करोड ५३ लाख ७१ हजार ८ सय ५१ रुपैयाँ बराबरको बजेट ल्याएको छ । उक्त बजेट पालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँरले आज आइतबार १५ औं गाउँसभाको दोस्रो वैठकमा प्रस्तुत गरिन् । उपाध्यक्ष न्यौपानेद्वारा प्रस्तुत अनुमानित बजेटमा कुल खर्च चालुतर्फ ९ करोड ५३ लाख रुपैयाँ छुट्टाइएको छ ।

 पुँजीगत तर्फ ६५ लाख खर्च हुने अनुमान गरिएको छ । त्यसैगरी वडागत वजेट सिलिङ्ग अन्तर्गत वार्ड नं. १ लाई ४५ लाख, वार्ड नं. २ लाई ४० लाख, वार्ड नं. ३ लाई ४० लाख, वार्ड नं. ४ लाई ४० लाख, वार्ड नं.५ लाई ४० लाख र वार्ड नं. ६ लाई ४० लाख रूपैयाँ वजेट छुट्टाएको छ ।
सामाजिक विकास अन्तर्गत शिक्षामा २ करोड ५० लाख, स्वास्थ्यतर्फ १ करोड ५०लाख, कृषि तथा पशु सेवामा २ करोड तीस लाख, उद्यम विकास तथा आयमूलक सीपमुलकमा १५ लाख, युवा तथा खेलकुदमा १५ लाख, संस्कृति प्रबद्र्वनमा १५ लाख, महिला लक्षित कार्यक्रममा १८ लाख, बालमैत्री गाउँपालिकामा २० लाख, आदिवासी जनजाति लक्षित कार्यक्रममा ७ लाख, दलित समुदाय लक्षित कार्यक्रममा ३ लाख, जेष्ठ नागरिक लक्षित कार्यक्रममा ३ लाख, खानेपानी तथा सरसफाईमा १० लाख, मधेसी मुस्लिम र पिछडावर्ग लक्षित कार्यक्रममा ३ लाख र अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम ( प्रदेश सरकार, गाउँपालिका र करुणा फाउण्डेशन नेपालको त्रीपक्षिय साझेदारीमा) मा ५५ लाख रुपैयाँ वजेट छुट्टयाइएको छ । गाउँपालिका अगाडि स्मारक निर्माणका लागि १० लाख र प्रत्येक वडाका १०० विपन्न घर परिवारलाई ८०/२० लागतमा साझेदारीमा स्वास्थ्य विमा सेवा १६ लाख असी हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

Views: