d

गौरादह ८ मा गरियो सार्वजनिक सुनुवाइ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जेबि खड्का 
गौरादह/भौतिक पुर्वाधार , खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि लगायतका क्षेत्रमा वडाबासिले प्रत्यक्ष राहात पाएकाे महसुस हुने गरि बिकास निर्माणका काम गर्न वडा बासिले सुझाव दिएका छन। गौरादह नगरपालिका वडा नं -८ ले आयाेजना गरेकाे सार्वजनिक सुनुवाइ तथा सुझाव संकलन कार्यक्रममा समृद्ध नगरकाे परिकल्पना गर्न स्थानीय सरकारले  नागरिकका दैनिक जीवनमा आइपर्ने समस्याकाे निराकरणमा उत्तरदायी पुर्ण भुमिका निर्वाह गर्नुपर्ने स्थानीय बासिन्दाले सुझाव दिएका छन। वडा स्तरीय सार्वजनिक सुनुवाइ तथा सुझाव संकलन कार्यक्रममा वडा नं -८ का पुर्ब वडाध्यक्ष भुमिराज पाेख्रेलले वडा भित्र रहेका सडकहरु ग्राभेल भइसकेकाले सानातिना मर्मतमा बजेट बिनियाेजन गरेपनि अब  कालाेपत्र गर्नका लागि  पहल गर्न वडा स्थानीय सरकारलाई सुझाव दिनुभयाे। वडा नं -८ काे स्वास्थ्य चौकी भवन निर्माण कार्य सम्पन्न भएकाे देखिएपनि स्वास्थ्य कर्मी बसेर सेवा दिन सक्ने अवस्था नरहेकाले त्यसतर्फ स्थानीय सरकारकाे ध्यानाकर्षण गराउनु भयाे। स्थानीय स्याम ढकालले वडामा नसुनिने गौरादहमा रहेकाे एफएमलाई बजेट किन बिनियाेजन गरिएकाे हाे? भनी जिज्ञासा राख्नु भयाे। भक्त राज काेईरालाले बर्तमान परिस्थितिमा घरमा रडियाे नभएकाे र  एफएम सुन्ने समय नभएको अवस्थामा त्यसतर्फ बजेट बिनियाेजन नगर्न सुझाव दिदै युवाका लागि खेल मैदानको व्यवस्था गर्न अनुराेध गर्नु भयाे। सार्वजनिक सुनुवाइ कार्यक्रममा बेद प्रसाद भण्डारीले जुराेपानी बजारलाई जग्गा प्राप्त भएपनि हाल सम्म सदुपयोग नभएकाे, जुराेपानीमा टावर अभावका कारण फाेनमा समस्या भएकाे जानकारी गराउदै वडा नं -८ भित्र रहेका सार्वजनिक जग्गाकाे लगत राखि संरक्षण गर्न सुझाव दिएका थिए। प्रगति मा.बि. का प्रधानाध्यापक डिल्लीराम अधिकारीले शिक्षामा बजेट कम भएकाे जानकारी गराएका थिए। चन्द्र बहादुर तामाङले बिकासका नाममा निर्माण भइरहेका सडकहरु मापदण्ड अनुसार नभएकाले निर्माण पूरा हुदानहुदा भत्कने गरेका बताएका थिए। नारायण प्रसाद गौतमले किसानहरुलाई सिचाइका लागि आवश्यक पर्ने ठाउँमा बिधुत लाइनको बिस्तार गर्न सुझाव दिएका थिए। डिल्लीराम सिवाकोटीले किसानहरूले समयमा रासायनिक मल नपाएकोमा आपत्ति प्रकट गर्दै आएकाे मल बिचौलियाका हातमा पुग्दा किसान मारमा परेकाले स्थानीय सरकारले खबरदारी गर्नुपर्ने धारणा राखेका थिए। कार्यक्रमकाे सभापति समेत रहेका वडा नं -८ का वडाध्यक्ष गणेश कुमार राजवंशीले आर्थिक बर्ष २०८०/०८१ मा वडाले गरेका कामकाे जानकारी गराउदै वडा बासिले राखेका जिज्ञासाकाे जवाफ दिएका थिए। वडा सचिब खेलि कुमार राईले वडा कार्यलयबाट नागरिकलाई दिइएको सेवा र संकलन भएकाे करका बिषयमा जानकारी गराएका थिए। वडा सदस्य हेमनसरि राजवंशीले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा वडा सदस्य हाेम प्रसाद ढकाल (विशाल) ले कार्यक्रम संचालन गरेका थिए।

Views: