d

ग्लोबल कलेजको इन्ट्रान्स् परीक्षा असार २० मा हुने

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा: दमक ६ स्थित ग्लोबल कलेजको नयाँ शैक्षिकसत्रको लागि प्रवेश परीक्षा भोलि असार २० गते हुने भएको छ । विज्ञान, व्यवस्थापन, कम्प्युटर साइन्स, कानुन, होटेल म्यानेज्मेन्ट र शिक्षा विषयको अध्ययन अध्यापन हुँदै आएको यस क्याम्पसमा अध्ययन गर्न चाहनेले भोलि अर्थात असार २० गते बिहान ८ बजे देखि प्रवेश परीक्षा दिनेछन् । 

दमक ६ मा स्थापित भएर लामो समय देखि शैक्षिक योगदान गर्दै आएको यस ग्लोबल एजुकेसनल एकेडेमीमा भर्ना हुन चाहनेका लागि सुरक्षीत शैक्षिक गन्तव्य बन्दै आएको प्रधानाध्यापक गुणराज अधिकारी बताउनुहुन्छ । 

'हामीले उच्चतम अंक ल्याएका तथा विपन्न समुदायका विद्यार्थीहरुका लागि विषेश छात्रवृत्तिको व्यवस्था समेत गरेका छौँ ।', प्रअ अधिकारीले बताउनुभयो ।

Views: