d

सार्वजनिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जेबि खड्का 
गौरादह/ गौरादह नगरपालिका वडा नं -१ ले वडा र नगरबाट संचालित याेजनाहरु यश आर्थिक बर्षमा सम्पन्न गरेकाे छ। गौरादह नगरपालिका वडा नं -१ ले आयाेजना गरेकाे सार्वजनिक सुनुवाइ तथा अन्तर्किया कार्यक्रममा वडा नं -१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले वडा भित्र संचालन गरिएका जम्मा ५१ वटा याेजनाहरु मध्ये ४९ वटा याेजना सम्पन्न भएकाे जानकारी गराएका थिए। प्रदेश सरकारबाट बिनियाेजित बजेटबाट संचालित बहुबर्षे आयाेजनाकाे काम संचालन भइरहेको जानकारी गराएका थिए। प्रदेश सरकारकाे बजेटबाट संचालित याेजना अन्तर्गत गौरादहमा पर्यटकीय स्थलका रुपमा रहेका पाेखरी निर्माणाधीन अवस्थामा रहेकाे, नगर स्तरीय याेजनाबाट निर्माण भइरहेको लालपैनी खाेलामा पुल निर्माणाधीन अवस्थामा रहेकाे बताएका थिए। पुर्वाधार बिकास अन्तर्गत रचना बाेर्डिङ दक्षिण सडक, डिठ्ठा चौक उत्तर सडक, जनता मा.बि. सडक कालाेपत्रे गर्ने अवस्थामा पुगेपनि मौसम प्रतिकुलका कारण काम राेकिएकाे जानकारी गराएका थिए।वडाले संचालन गरेका सामाजिक बिकास, आर्थिक बिकास, सुशासन तथा संस्थागत क्षमता बिकास, वातावरण तथा बिपद व्यवस्थापन र भौतिक बिकास तर्फका याेजनाहरु सम्पन्न भएकाे वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी गराएका थिए। आर्थिक बर्ष २०८०/०८१ मा वडा भित्र ५ हजार ५ सय ८७ मिटर सडक कालाेपत्रे, १ हजार ६ सय ५३ मिटर सडक ग्राभेल र २ हजार १ सय २२ मिटर सडक मर्मत गरिएकाे जानकारी गराएका थिए।यश आर्थिक बर्षकाे असार १७ गते सम्ममा वडा नं -१ ले ६० लाख ३ हजार ४ सय ९१ रुपैयाँ राजस्व संकलन गरेकाे जानकारी गराएका थिए।सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुले जिज्ञासा राखेका थिए। स्थानीय पर्शुराम दंगालले लागू औषध दुर्ब्यसनी नियन्त्रणका लागि बजेट बिनियाेजन गरेर कार्यक्रम तथा नाटक प्रदर्शन गरेपनि न्युनिकरण हुन नसकाेकाे बताएका थिए। नरेश कार्कीले निकास बिनाकाे बिकास गरिदा बर्षादमा समस्या निम्त्याएको बताउदै बिकास निर्माणका काम गरिदा नागरिककाे तर्फबाट पनि अनुगमन समिति गठन गरिनुपर्ने धारणा राखेका थिए। कार्यक्रममा विभिन्न टोलबिकास समितिका अध्यक्षहरु गोविन्द कँडेल र भानु घिमिरेले वडाको समग्र विकास सम्बन्धमा महत्त्वपूर्ण सुझावहरु प्रदान गरेका थिए । कृष्ण साम्राले सामुदायिक बिद्यालय प्रति नागरिकहरुकाे आकर्षण बढाउने कार्यक्रम स्थानीय सरकारले ल्याउनु पर्ने धारणा राखेकी थिइन्। मन्तोष विमलीले गौरादह डिपु चौक र बजार क्षेत्रमा रहेका सिसि क्यामरा बिग्रिएकाले त्यसलाई मर्मत गरि संचालनमा ल्याउनुपर्ने बताएका थिए। जुद्द बहादुर बिष्टले नगर अस्पतालमा निशुल्क पाइनुपर्ने औषधि नपाएको गुनासाे गरेका थिए। सुरेश कुमार पौडेलले स्थानीय सरकारकाे बजेटबाट संचालित याेजनाहरुमा बजेट खर्च भए अनुसारकाे उपलब्धि नभएकाे प्रतिक्रिया दिएका थिए। वडा सदस्य अन्जु निरौलाले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा वडा सदस्य केशर बहादुर खवासले कार्यक्रम संचालन गरेका थिए।

Views: