d

स्वास्थ्य बीमाको सुविधा शुल्क बढ्यो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

असार २७ गते बिहिवार 

स्वास्थ्य बीमा बोर्डले आगामी साउन १ गतेदेखि लागू हुनेगरी ।स्वास्थ्य ‘सुविधा थैली’ को सेवासुविधा परिमार्जित गरेको छ ।२३ लाख ९२ हजार छ सय ७६ जना र कूल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना सदस्य रहेको बिमित देशको कुल जनसंख्याको (२६ दशमलव ५४ प्रतिशत) रहेको छ ।

हालको बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ दर कायम गरिएको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले बताए । उनका अनुसार विज्ञहरुको सुझाव र लामो समयदेखि एउटै दरमा उपलब्ध सेवासुविधालाई समयानुकूल परिमार्जन गर्दै सुविधाको नयाँ थैली कायम गरीएको हो।
यसअघि आंशिक रुपमा परिमार्जन गरिए पनि यसपटक भने सबै सेवासुविधाको दर परिमार्जन गरिएको हो । नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमाअन्तर्गत एक हजार दुई सय ९० प्रकारका औषधि रहेका छन् ।

अस्पताल टिकट रु ५० तोकिएको छ । शैयाको प्रतिदिन रु दुई सय ५० राखिएको छ । यसअघि साधारण शय्याको रु दुई सय थियो । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि रु तीन हजार पाँच सय बराबरको योगदानका आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ ।

यस्तै थप प्रतिसदस्य रु सात सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा रु दुई लाखसम्म तोकिएको छ ।

Views: