d

त्रिशूलीमा खसेका बस अझै भेटिएन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

  असार २९, २०८१ शनिबार 
काठमाण्डौ – मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा हिजो बिहान लेदोसहितको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र ती बसमा रहेका यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन । हिजो दिनभर खोजे पनि नभेटिएपछि राति खोजी कार्य स्थगित गरिएको र आज बिहानैदेखि फेरि खोजी हुने चितवन प्रहरीले जनाएको छ ।

नदीमा पानीको प्रवाह उच्च र धमिलो हुँदा खोजी कार्यमा समस्या रहेको छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५ वटा मोटरबोट र गोताखोर प्रयोग गरि हिजो साँझ अवेर सम्म खोज्दा पनि बेपत्ता बस भेटिएको छैन । यद्यपि गोताखोरहरुले बसमा लगाइएका पर्दा लगायतका सामाग्री भने भेटिएको बताइएको छ  । 

बेपत्ता बसमा करिब ५० जना यात्रु सवार थिए ।

Views: