d

भारतमा कोरोनाको भयानक त्रास: दाहासंकारमा घण्टौं सम्म पालो कुर्नुपर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery
नयाँदिल्ली । भारतमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ । दैनिक पहिचान हुने नयाँ संक्रमितको संख्या डेढ लाख नजिक पुग्दा मृतकको संख्या पनि बढिरहेको छ ।
केही राज्यको अवस्था दयनीय बनेको छ । त्यहाँ कोरोनाका बिरामीको उपचारका लागि आवश्यक संशोधनको अभाव देखिएको छ भने संक्रमणबाट मृत्यु भएकाहरुको अन्त्येष्टिमा पनि समस्या देखिएको छ । उत्तर प्रदेश र मध्य प्रदेशका धेरै जिल्लामा शवको अन्त्येष्टि संस्कारको लागि घण्टौंसम्मको प्रतीक्षा गर्नुपर्ने अवस्था आएको छ ।
विशेषगरी उत्तर प्रदेशको राजधानी लखनऊ र मध्य प्रदेशको राजधानी भोपालको अवस्था चिन्ताजनक देखिएको छ । जानकारहरुले अहिले भारतका राज्यहरुमा देखिएको अवस्था निकै लामो समयपछि देखिएको संकटको हो ।
उत्तर प्रदेशको पछिल्लो दृश्य भने सरकारी दाबी र आँकडाभन्दा फरक छ । कोरोनाबाट मृत्यु भएका मानिसको परिवारले अन्त्येष्टिको लागि टोकन लिएपछि आठदेखि १० घण्टासम्म प्रतीक्षा गर्नुपर्ने अवस्था छ ।
वैकुण्ठधाम शव दाहगृहमा अत्येष्टिका लागि पालोमा राखिएका शवको संख्या बढिरहेको छ । शवदाह गृहको बाहिर रहेका राजेन्द्र नायक एम्बुलेन्समा तीनवटा शव आउने गरेको र एम्बुलेन्सको लाइन पनि घण्टौंसम्म रहने बताउँछन् ।
दिनभर जलाइन्छ शव
उत्तर प्रदेशको राजधानी शहर लखनऊको वैकुण्ठधाम विद्युत् शवदाह गृहमा दैनिक करिब २५ शवको अन्त्येष्टि भइरहेको छ ।
शवदाह गृहका एक कर्मचारी मुन्ना सिंहले बीबीसीलाई बताएअनुसार एउटा शव अन्तिम संस्कारका लागि करिब ४५ मिनेट समय लाग्छ । यो शवदाह गृहमा दिनभर शवहरु जलाउने काम हुन्छ ।
सरकारी तथ्यांकअनुसार अप्रिल महिनामा लखनऊमा दैनिक पाँचदेखि आठजनाको मृत्यु भएको थियो । तर वैकुण्ठधाममा भने कोरोना प्रोटोकल मानेर दैनिक २० भन्दा धेरै शव जलाइएको थियो । लखनऊमा कोरोनाबाट मृत्यु हुनेको शव मात्र वैकुण्ठधाममा जलाइने गरिएको छ ।
मुन्ना सिंह बताउँछन्, ‘होलीपछि यो संख्या निरन्तर बढिरहेको छ । अधिकांश शव केजीएमयू अस्पतालबाट आइरहेको छ । उनीहरुको अन्तिम संस्कार बिहान चार बजेसम्म भइरहेको छ ।’
Views: