d

बिराटनगरका हस्पिटलमा बेड अभाव, नयाँ संक्रमित भर्ना हुनै समस्या

Views:
Responsive Image Gallery
Responsive Image Gallery
१९ वैशाख, विराटनगर । शनिबार दिउँसोसम्म विराटनगरको नोबेल मेडिकल कलेजको कोभिड वार्डमा ३८ जना कोरोना संक्रमित थिए । तर रातको १० बज्न नपाउँदै संक्रमितको संख्या ७० पुग्यो । कलेजमा जम्मा ७० बेड मात्रै तयारी अवस्थामा छन् । ती बेड पछि भरिएपछि बेड खोज्दै तारन्तर फोन आइरहे । तर थप बिरामी भर्ना गर्न सक्ने अवस्था छैन ।
‘बिरामीका आफन्तले तारन्तर फोन गर्छन्, तर हामीसँग बेड खाली छैन,’ नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहाल भन्छन्, ‘हाम्रो योजना ११० बेड बनाउने हो, बाँकी बेड थप्ने काम गर्दैछौं ।’
शनिबार रातिबाट नयाँ बिरामी भर्ना नगरिएको उनले बताए । नोबेलमा १० वटा मात्रै आईसीयू थियो । गम्भीर प्रकृतिका बिरामी बढेपछि ३९ बेड बनाइएको उनले बताए ।
विराट मेडिकल कलेजको अवस्था पनि उस्तै छ । विराटले शुक्रबारयता आएका बिरामीलाई भर्ना गरेको छैन । ‘१०६ जना संक्रमित र १४ जना अस्पतालका कर्मचारी गरी १२० बेड प्याक छ,’ अस्पतालका आइसोलेसन इञ्चार्ज सुनिल देवले भने, ‘दुई जनाको मृत्यु भएपछि इमर्जेन्सीमा पर्खिरहेकाहरुलाई कोभिड वार्डमा भर्ना गर्‍यौं ।’ उनका अनुसार संक्रमितको चाप ह्वात्तै बढेको छ । जसका कारण नयाँ बिरामी भर्ना गर्न गाह्रो छ । अनलाइन खबर बाट। 
Views: