d

सरकारको घोषणा: श्रमिकको न्यूनतम तलव अव १५ हजार

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : सरकारले साउन १ गतेदेखि कार्यान्वयन हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ। अब श्रमिकले १५ हजार पारिश्रमिक पाउने छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ को दफा १०६ ले दिएको अधिकार प्रयोग गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको हो। मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ पारिश्रमिक उल्लेख गरेको हो।
अब श्रमिकले ९ हजार ३ सय ८५ रुपैयाँ आधारभूत र ५ हजार ५ सय १५ रुपैयाँ महंगी भत्ता गरी १५ हजार रुपैयाँ न्यूनतम पारिश्रमिक पाउनेछन्।
त्यस्तै दैनिक ज्यालादारीको हकमा ३ सय ६१ रुपैयाँ आधारभूत र २ सय १६ रुपैयाँ महंगी भत्ता गरी ५ सय ७७ रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ। प्रतिघण्टा काम गरेको श्रमिकले ७७ रुपैयाँ पाउने व्यवस्था गरिएको छ।
राजपत्रमा उल्लेख गरिए अनुसार साउन १ गतेदेखि लागू हुने गरी निर्धारण भएको पारिश्रमिक चिया बगानका श्रमिकका लागि लागू हुने छैन। श्रमिकले पारिश्रमिकका अतिरिक्त योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता, सञ्चय कोष र उपदानलगायतका अन्य सुविधा पनि पाउनेछन्।

Online registration for Mukhyamantri Shramik Yojana started in Dhanbad from  Wednesday

सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम तलब दिने गरी कुनै पनि रोजगारदाताले श्रमिकलाई काममा लगाउन पाउने छैनन्। श्रम विभागले न्यूनतम पारिश्रकिक कार्यान्वयन भए नभएको अनुगमन गर्छ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको पारिश्रमिक बढाएर १५ हजार पुर्‍याउने घोषणा गरेका थिए।
Views: