d

झापामा बुधबार राति १२ बजेदेखि पूर्ण निषेधाज्ञा, अत्यावश्यक वाहेक सबै व्यवसाय बन्द

Views:
Responsive Image Gallery
Responsive Image Gallery
मेचीनगर । आंशिकरुपमा रहेको झापाको निषेधाज्ञालाई कडाई गर्दै पूर्ण निषेधाज्ञामा जाने डिसीसीएमसी झापाले निर्णय गरेको छ ।
जिल्लामा भर्खरै सकिएको बैठकले २२ गते बुधबार राति १२ बजेदेखि वैशाख मसान्त भर पूर्ण निषेधाज्ञा गर्ने निर्णय भएको बैठकका सहभागी जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् डिसीसीएमसी सल्लाहकार सोमनाथ पोर्तेलले जानकारी दिए ।
पोर्तेलका अनुसार सो अवधिमा अत्यावश्यक वाहेक सबै सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निणर्य भएको छ ।
त्यस्तै अत्यावश्यक सेवा वाहेकका अन्य पसल, व्यवसाय पूणर्रुपमा बन्द रहने छन् ।
अत्यावश्यक सेवाका पसल जस्तै खाद्यान्न, सागसब्जी, दुग्धजन्य पसलहरु विहान ६ बजेदेखि १० बजेसम्म दैनिक ४ घण्टा सञ्चालन हुने छन् ।
औषधि पसल, स्वास्थ्य उपचारकेन्द्रहरु सदाझै स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन हुनेछन् ।

 

No description available.

No description available.No description available.

Views: