d

नेता संग्रौलाको झापालीलाई अर्को उपहार, वितरण गरियो १६ हजार मास्क (तस्विरहरु सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय कार्य सम्पादन समिति सदस्य तथा पर्दाफास मिडिया प्रा. ली. का प्रमुख सल्लाहकार लक्ष्मी प्रसाद संग्रौलाद्वारा सौजन्य गरिएको १६ हजार थान मास्कको वितरण शनिबार बिहान बाट शुरु गरिएको छ ।
No description available.
राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा प्रदेश सभा निर्वाचन क्षेत्र नं. ५ क अन्तर्गत पर्ने गौरादह, कमल, गौरिगन्जका १६ वटा वडाहरुमा अलग अलग हेल्प डेस्क तैयार गरि स्थानीयलाई वितरण गर्न शुरु गरिएको हो ।

No description available.

 
शनिबार बिहान १६ वटै वडाका राप्रपा वडा समिति अध्यक्षहरुलाई १/१ हजारको दरले हस्तान्तरण गरिएको थियो भने ग्वालडुब्बामा राप्रपा नेता अम्बर विष्टको अगुवाइ तथा पार्टीका प्रदेश 'क' अध्यक्ष जय गुरुङ, सञ्चार क्लब गौरादहका सचिव तथा राप्रपा क्षेत्र नं. ५ युवक संगठन अध्यक्ष सान नेपाल , जिल्ला सदस्य श्री तामाङ, गौरादह नगर अध्यक्ष शान्तिराम पौड्याल,  युवक संगठन वडा नं. ७ का अध्यक्ष डेभिड बिष्ट, राप्रपा महिला नेत्री भरिपूर्ण राई, किसान संगठन महासचिव जीवन अधिकारी, वरिष्ठ स्वास्थ्यकर्मी टेक प्रसाद अधिकारी , 
राप्रपा क्षेत्रीय सदस्य तारा बुढाथोकी ,  लगायतको विषेश उपस्थितिमा स्थानीयलाई मास्क वितरण गरिएको थियो ।
No description available.
 
त्यसैगरी  गौरिगन्ज चोकमा वितरण गरिएको कार्यक्रममा  राप्रपा नेता तथा गौरिगन्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ सहित स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
No description available.
 
गौरिगन्ज चोकमा बाक्लो रूपमा देखिएका स्थानीयले पुरानो मास्क फ्याँक्दै नयाँ मास्क लगाएको दृश्य निकै उत्साहप्रद देखिन्थ्यो । दुबै स्थानमा भएको वितरण कार्यक्रममा सुरक्षा निकाय तथा सञ्चार निकायका प्रतिनिधिलाई समेत मास्कका प्याकेटहरु हस्तान्तरण गरिएको थियो ।
No description available.
पुरानो मास्क लगाएर हिड्ने स्थानीयलाई मास्क डिस्पोज गरि नयाँ मास्क प्रदान गरिएको थियो भने प्रयोगमा आइसकेको मास्क जथाभावी नफ्याँक्न समेत सचेतना गराइएको थियो । 

May be an image of 1 person

मास्क सौजन्य कर्ता  राप्रपा नेता तथा पर्दाफास मिडिया प्रा ली प्रमुख सल्लाहकार: लक्ष्मी प्रसाद संग्रौला 
 
फरक प्रसङ्ग 
मास्क को मुल्य आकाशियो
कोरोना भाइरसको नयाँ भेरिएन्ट स्थानियस्तरमा फैलिए संगै बजारमा  मास्क को माग समेत ह्वात्तै बढेको पाइएको छ । २ हप्ता अगाडी थोक मुल्य प्रती पिस ३ रुपैयाँ ७५ पैसा पर्ने मास्क ७ रुपैयाँ देखि ८ रुपैयाँ सम्म पर्न थालेको व्यावसायीहरु बताउछन् ।No description available.
स्थानीय बजारहरुमा मास्कको मुल्य खुद्रामा १० रुपैयाँ नै पर्ने भएतापनि थोक मुल्य भने अचानक रूपमा दोब्बरले बढेको व्यवसायीहरुको भनाइ छ । 
No description available.
 
दुई हप्ता पहिले मास्क सौजन्य गर्नको लागि आफुले खरिद गर्दा ४ रुपैयाँ भन्दा कम मुल्यमा खरिद गरिएको तर ठ्याक्कै हप्ता दिन पछाडी ६ रुपैयाँ प्रती गोटा पाउने मास्क यो पटक झण्डै ७ रुपैयाँ भन्दा बढी पर्न गएको राप्रपा नेता लक्ष्मी संग्रौला बताउनुहुन्छ। कोरोना त्रास फैलिए संगै मास्क को माग ह्वात्तै बढ्दा बजारमा कृतिम अभाव देखाएर मुल्य वृद्धि गराइएको हुनसक्ने वहाँको ठम्याइ छ । 

No description available.

' काठमाडौ कतिपय स्थानमा मास्कको मुल्य दोब्बर भन्दा बढीले वृद्धि भएको देखिन्छ, सर्वसाधारणले खरिद गर्नै नसक्नेगरी मुल्य वृद्धिहुनु निकै ठूलो चिन्ताको विषय भएको छ, सरोकारवाला निकायले यतातिर ध्यान पुर्याए हुने थियो', पर्दाफास डट कम संग अनौपचारिक कुराकानी गर्दै नेता संग्रौलाले बताउनुभयो ।  

No description available.

Views: