d

कोरोना खोप खरिदमा कुनै भ्रष्टाचार भएको छैन, तथ्यहीन कुरा नगरौं  - स्वास्थ्य मन्त्री

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोप खरिद सम्बन्धीमा कुनै भ्रस्टाचार नभएको बताएकाछन्। मंगलबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले कोरोना खोप खरिदमा कुनै भ्रष्टाचार नभएर तर अनर्गल र झूटा प्रचारप्रसार भएको बताएका हुन्।   उनले  तथ्यहीन र आत्मरिताका कुरा नबोल्न नेताहरुलाई आग्रह गरेका छन् ।  ।
संसद्मा नेताहरुले खोप खरिद सम्बन्धी कुनै तथ्यांक र आधारहीन कुरा गरेको भन्दै उनको आपत्ति थियो । उनले खोप सम्बन्धीको कुरा बुझेर मात्र बोल्न नेताहरुलाई आग्रह गरे । उनले भने,'म नेताहरुलाई भन्न चाहान्छु बोल्नू त बोल्नू बुझेर मात्रै बोलनू । कुनै तथ्यांक, डेटा छैन भने हामी सहयोग गर्न तयार छौं । अनर्गल, झूठा र आत्मरतिका लागि नबोल्नुहोस् । '
 
Image: grokhaliaawaj
Views: