d

सिन्धुपाल्चोकका एक कांग्रेसनेताको घोषणा: निशुल्क उपचार केन्द्र निर्माण गरिदिने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : सिन्धुपाल्चोकका कांग्रेस नेता मोहनबहादुर बस्नेतले कोभिडका बिरामीका लागि जिल्लामा निःशुल्क उपचार केन्द्र निर्माण प्रबन्ध गर्ने घोषणा गरेका छन्। पछि गएर सरुवा रोग अस्पतालमा रूपान्तरण गर्ने गरी नेता बस्नेतले यसको प्रक्रिया अघि बढाएको बताकेका हुन् । 
मुलुक गम्भीर संकटको अवस्थामा पुगेको भन्दै स्थानीय तह र कतिपय सहयोगीसँगको समन्वयमा अस्पताल निर्माण गरिन उनले बताएका छन्।  सुरुमा सय बेड क्षमताको उपचार केन्द्रमा हरेक बेडमा अक्सिजन व्यवस्था हुनेछ। ‘अक्सिजन सिलिन्डर विदेशबाट झिकाइएको छ’, संचारकर्मी संग कुरा गर्दै उनले भने, ‘पछि गएर अक्सिजन प्लान्टसमेत बनाइनेछ।’ 
यसैबीच उनले जिल्लाभित्र कोभिड र अन्य रोगका बिरामीलाई उपचारार्थ स्वास्थ्य संस्थासम्म लैजान आफ्नो एउटा जिप प्रदान गरेका छन्। ‘त्यो सधैंका लागि दिएको हुँ’, बस्नेतले भने, ‘यसका लागि एक वर्षसम्म चालक, मर्मत र इन्धनसमेत उपलब्ध गराउनेछु।’ 
Image: Annapurna post
 
Views: