d

सरकार भन्छ: काठमान्डौका अस्पतालमा ५ सय बेड खाली (सूची सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाण्डौ – कोरोना सङ्क्रमितले अझै सहज रुपमा बेड पाउन नसकेको गुनासो गरिरहँदा सरकारले भने काठमाण्डौ उपत्यकाका विभिन्न अस्पतालमा ५ सयभन्दा बढी बेड खाली रहेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले मंगलबार दिउँसो २ बजेसम्मको विवरणअनुसार काभ्रेको धुलिखेलसहित काठमाण्डौका ठूला १८ वटा अस्पतालमा ५ सय १७ वटा बेड खाली रहेको जनाएको हो । मन्त्रालयकाअनुसार यी सबै अस्पतालमा गरी २ हजार २ सय ८६ आइसोलेशन रहेकोमा १ हजार ८ सय ८५ मा मात्र बिरामी छन् । अरु ४ सय १ आइसोलेशन खाली छन् ।
यस्तै यी अस्पतालमा रहेका ४ सय ४२ वटा आईसीयूमध्ये ३ सय ९१ मा बिरामी छन् । बाँकी ५१ वटा आईसीयू खाली छ । २ सय १२ वटा भेन्टिलेटरमध्ये १ सय ४७ मा बिरामी रहेका र बाँकी ६५ वटा भेन्टिलेटर खाली रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बेडको लागि सम्पर्क गर्न केही अस्पतालका सम्पर्क व्यक्तिको मोबाइल नम्बर पनि उपलब्ध गराउँदै आएको छ । कुन अस्पतालमा कति बेड खाली छ भन्ने थाहा पाउन मन्त्रालयले सार्वजनिक गरेको सूची हेर्नुहोस् : समाचार श्रोत: उज्यालो अनलाइन। 

 

 

 

 

 

Views: