d

प्र. म. ज्यू, हावाबाट 'अक्सिजन'' कि बिजुली ?'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

प्रधानमन्त्री ज्यू, 
आज झल्यास्स तपाईंले ४/५ वर्ष अगाडी देखि भन्दै आउनुभएको एउटा वाक्यको याद आयो  'हावाबाट बिजुली।'
बिगतका वर्षमा धेरै चर्चा पायो यो ७ अक्षर बाट बनेको वाक्यले । तपाईंको कुरा सुन्ने बित्तिकै मेरो दिमागमा भने एउटा कुरा घुमेको थियो । 'हावा बाट अन्य के के कुरा निकाल्न सकिन्छ होला ?'
अनायास कोरोनाले विश्वभर आतंक मच्चाउदै गर्दा तपाईंले अर्को वाक्य जन्माउनु भयो 'बेसार पानी'
अनि त्यसपछि धेरै वाक्यहरु सृजना भए प्रधानमन्त्री ज्यू  बाट । 
गतहप्ता मात्रै तपाईंले फेरि भन्नुभयो 'म गलत थिएँ' 
तपाईं गलत पटक्कै होईन, मात्र चिन्तन अलिकति कम । 
हावाबाट बिजुली भन्नुको सट्टामा हावाबाट अक्सिजन निकालेर अक्सिजनमा आत्मनिर्भर बनाउछु भन्नुभएको भए सायद  आज तपाईंको दुरदर्शिताले कैयौं नेपालीले नयाँ जीवन पाउने थिए । 
तपाईंको बौद्धिकतालाई तौलिन खोज्नु मेरो उद्देश्य होइन किनकि तपाईले जेल, कैदखाना,सुख, दुख, हावा, हुरीबतास सबै भोग्नु भएको छ । संसारले कसरी बिकासमा फड्को मार्दैछ सायद तपाईंले जति कसैले बुझेको छैन नै भन्नू पर्छ । 
वर्तमानमा हस्पिटल खचाखच छन् । औषधिको हाहाकार छ र सबैभन्दा ठूलो समस्या त अक्सिजनको अभावले खडा गरेको छ ।  रोहिरहेका नागरिकलाई मलमपट्टी लगाउन तपाईं संग त्यस्तो मन्त्र तुल्य वाणी पनि छैन सायद । 
मैले यहाँ उठाउन खोजेको कुरा भनेको हावा बाट बिजुली हुँदै होइन तर हावा बाट अक्सिजन चाहिँ अवस्य हो । यो संगै शासकसंग दुरदर्शिता कति छ भन्ने आकलन गर्ने पनि मेरो प्रयास पनि हो ।  यदि त्यो दिन तपाईंले हावाको पछाडी बिजुलीको सट्टा अक्सिजन झुन्ड्याइ दिएको भए आफ्नै देशको हावाबाट निकालेको अक्सिजनले नागरिकलाई बचाउन सकिने थियो ।  पहिले पहिले सत्तामा गएकाहरुले के भने र के गरे भन्नू सायद समयको बर्बादी मात्र हुन्छ ।  
 तर तपाईं प्रधानमन्त्री भएको ३ वर्ष पूरा भइसक्दा सम्म नास्टले अनुसन्धान सम्म गर्न सकेको छैन भन्ने समाचार लेख्नुपर्दा निकै दुख लाग्दो रहेछ ।  मैले तपाईंलाई अरु धेरै कुरा केही भन्नू केही छैन र अन्य सत्ताधारी जस्तो कुर्सीमा बसेर तपाईंले मज्जा लिनु भएको छ भन्न खोजेको पनि होइन यति मात्र भन्छु, 'वाक चातुर्यताले होइन दुरदर्शिताले मात्र व्यक्ति सफल हुन्छ।'
उहीँ तपाईंको शुभचिन्तक 
सान नेपाल 
9841761788
Views: