d

सांसद लिङ्देन द्वारा मेची अस्पतालको निरीक्षण,   हल्दीबारी र कचनकवल गाउँपालिकाले गरे आर्थिक सहयोग 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
बिर्तामोड ।  झापा क्षेत्र नं ३ बाट निवार्चित प्रतिनिधि सभा सदस्य तथा राप्रपाका नेता राजेन्द्र लिङ्देनले बिहीबार मेची अस्पतालको निरीक्षण गरेका छन्।   
Image: Khabarmanch
भद्रपुरमा रहेको मेची अस्पतालमा कोभिडका बिरामीको उपचारमा समस्या भएको तथा अस्पताल फोहोर भएको समाचार विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि उनले अस्पतालको निरीक्षण गर्दै तत्कालका लागि समस्या समाधानको पहल गरिदिएका छन्।
भद्रपुर नगरपालिकासंग टाँसिएका तथा राप्रपाले नेतृत्व गरिरहेका कचनकवल र हल्दीबारी गाउँपालिकाका अध्यक्षद्वय अन्जरा आलम र रविन्द्र लिङ्देनसहितको टोली लिएर सांसद लिङ्देन अस्पताल पुगेका हुन्।
सोही क्रममा अस्पतालका समस्याको तत्काल समाधानका लागि दुईवटै गाउँपालिकाले ५/५ लाख रुपैयाँ अस्पताललाई उपलब्ध गराउने निर्णय भएको  तथा हल्दीबारीको बोर्डले उक्त रकम दिने निर्णय गरिसकेको छ भने कचनकवलले दिने प्रतिवद्धता व्यक्त गरेको बताइएको छ। 
झापा उधोग बाणिज्य संघले पनि आवश्यक सहयोग गर्ने भएको सांसद लिङ्देनले बताए।
सांसद लिङ्देनका साथमा झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु तथा राप्रपाकी नेतृ राधा कार्की पनि उपस्थित थिइन्।
मेची अस्पतालमा रहेको कोभिडका बिरामी उपचार सम्बन्धी व्यवस्थापन र अन्य सेवाहरूका बिषयमा उठेका प्रश्नहरूका सम्बन्धमा अस्पताल प्रशासनसँग छलफल भएको सांसद लिङ्देनले बताए।
छलफलका क्रममा बिरामीका लागि खाना, अस्पतालको सरसफाई, पिसिआर परीक्षणलगायतका आधारभूत विषयहरूमा तत्काल सुधार गर्न सल्लाह दिएको उनले जानकारी दिए।
Views: