d

माफ गरिदेउ कमरेड तिम्रो झण्डा बोक्न सकिन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
तिम्रा हरेक अान्दोलनमा हसियाँ हतौडा अंकित झण्डा संगै अर्को हातमा सूयको झण्डा बोकेर। बिरामी श्रीमती ओछ्यानमै छोडेर। भोको पेट कयौं रात अनि दिन संगठन बनाउन हिडिरहे। भोलिका पिडिका लागि परिवर्तन हुन्छ भनेर। अझै पनि पुलिसका लाठीले बर्षिएको शरिरिक कहिलेकाही दुख्ने गर्छ।

 

राजनीतिका रुपमा तिमीले जुन खेल खेल्यो कमरेड म चुप लाग्न सकिन। आफू श्री ३ झै बनी फोहोरिखेलमा जसरी रमाउदैछौ मेरो छोरा कोरोनाले थलिदा अक्सिजनको अभावमा मेरो आँखा अगाडि ढलेको शरीर भर्खर जलाएर आउदैछु कमरेड। मेरो छोरा बचाउन कहाँ मोबाइलको घण्टी बजाईन। तर कसैले साथ दिएन केवल सान्त्वना बाहेक।

 

कुनै अस्पतालको बेड मेरो छोराको लागि भएन। म त आफुलाई ठुलै नेता मान्थे कमरेड तिमी संग मोर्चामा हिड्दा। अाज मेरो छोराको प्राणीको भिख माग्दा नि पाईन। मृत्यु पछिको श्रद्धाञ्जलीले मेरो आत्मा रुदा तिमी कहाँ थियौ। माफ गर कमरेड कोरोनाले मरेको मेरो छोराको आत्माले अझै सान्ती पाएको छैन।

 

साच्चै भन्ने हो भने मेरो छोरा आफैं  मरेको हैन तिम्रो राजनीतिको फोहोरी खेलले गर्दा मरेको हो। आउने चुनावमा माफ गर कमरेड म तिम्रो सूर्य को झण्डा बोकेर हिड्न सक्दिन।  तिमीलाई सत्तामा पुर्याउने म आम मानिस न हु कमरेड त्यसैले  मेरो बोली त जहाँ नि दबाईन्छ।

 

 

समसामयीक विषयमा कलम चलाउने साहित्यकार पुष्प आर जे पर्दाफास डट कममा सहसम्पादक हुनुहुछ। 

 

 

Views: