d

श्रीमान माधब कमरेडलाई खुल्ला पत्र 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
श्रीमान माधब कमरेडलाई खुल्ला पत्र 
         म सानो छदा घरमा बुबा र  काकाहरु झगडा गर्दा हजुरबुबाले धकेल्दै घर भित्र लानु हुन्थ्यो त्यो अहिले जस्तो लाग्छ आज हजुरबुबा बितेको २५ बर्ष भएछ अनि घर भित्र पसाएर  बाहिरबाट  चुकुल लगाउनु हुन्थ्यो, भित्र के हुन्थ्यो मलाइ  थाहा भएन कुटपिट या भनाभन  तर बाहिर निस्किदा मुस्काउदै आउनु हुन्थ्यो आज आएर जमाना बदलिएछ माधब कमरेड   आजकल भाइभाइमा झगडा हुँदा  त्यही कुरा काटने छिमेकीको घरको छतमा बसेर आफ्नै घरतिर धारे हात लगाइदो रहेछ।
माधब कमरेड । तपाईं आफूलाई बौद्धिक कम्युनिस्ट भन्नुहुन्छ नि तर खोइ त तपाइको  बुद्धि ? गल्तीहरु सबै मान्छेमा हुन्छ  तर महागल्ती आफ्नै योजना अनुसार हुन्छ। तपाई र तपाईंका बौद्धिक समूहले महागल्ती गर्दै हुनुहुन्छ।
तपाईंले २५ देखि ३० बर्ष पार्टीमा लगाएको योगदान आज जिरो level मा झरेको छ त्यो तपाईं लाई थाहा छ छैन कमरेड ? अर्को कुरा तपाइको  माइनस तिरको यात्रामा हिड्दै हुनुहुन्छ। तपाइले कस्तो नारी लाई साथ लिएर हिड्नु भएको कमरेड ? बोल्दा बोल्दै आज त बालै फररर भनेर बोलिछन यस्ता व्यक्तिलाई आफ्नो समूहमा राख्दा के होला त्यो नसोच्नु तपाइको ठुलो भुल हो । म त यसै बिग्रे तर जादाजादै पुरै  घर  ध्वस्त पारेर जान्छु भन्ने सपना पक्का पूरा हुने छैन ।   
 त्यो सोच्नु तपाइको मुर्खपन हो, केटाकेटी चाल हो, किनकि तपाईंको पछि लागेकाहरुले तपाईंको साथ छाडिरहेका छन् जसरी  ........ सायद पछाडी फर्केर हेर्नू भएको छैन होला एकचोटी हेर्नुहोस्  ।   पहिला नै जनताबाट तिरस्कृत भएका २/४ जनाको झुन्ड बाहेक तपाईं सग  कोहि भेट्नु हुने छैन। याद राख्नु होला तपाईंहरूले हुर्काउदै बिस्तार गर्दै ल्याएको पार्टी (एमाले ) को पापले एकदिन तपाईंलाई  भतभती पोल्ने छ। यति मात्र होइन कमरेड मेरा आँखाले तपाईं लाई रौतहटमा आँपको बिरुवा बेच्दै गरेको देख्नु नपरोस  धन्यवाद ।  
उही अपरिचित युवा सन्तोष निरौला  झापा
Views: