d

१७.५ प्रतिशतले संक्रमितको संख्यामा कमी : स्वास्थ्य मन्त्रालय

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले अघिल्लो हप्ताको तुलनामा नेपालमा यो हप्ता कोभिड संक्रमितको संख्यामा कमी आएको पुष्टि भएको बताएको छ ।
मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभाग, धुलिखेल अस्पतालका निर्देशक डा.विराज कर्माचार्यले अघिल्लो हप्ताभन्दा यो हप्ता झण्डै १७.५ प्रतिशतले कोभिड संक्रमितको संख्यामा कमी आएको बताए ।
अन्य प्रदेशमा संक्रमितको संख्यामा कमी आएपनि गण्डकी प्रदेशमा भने विगतको हप्ता भन्दा ५०.८ प्रतिशतले संक्रमितको संख्यामा वृद्धि भएको उनले बताए । डा. कर्माचार्यले अहिले पनि नेपालमा टेष्ट पोजेटिभिटी निकै नै धेरै भएको बताए ।
उनका अनुसार नेपालको टेष्ट पोजेटिभिटि झण्डै ३७.७ प्रतिशत छ भने भारतमा १०. ४ प्रतिशत छ । उनले भने, ‘टेष्ट पोजेटिभिटी ५ अथवा त्यो भन्दा कम हुनुलाई राम्रो मानिन्छ ।’ परीक्षण गरिएकाहरुको अनुपातमा संक्रमितहरुको प्रतिशतलाई टेस्ट पोजेटिभिटी भनिन्छ ।
Views: