d

जेठ ३ , चामल काण्ड र जेठ १९

Views:
Responsive Image Gallery
Responsive Image Gallery
आजकै दिन ठ्याक्कै २० वर्ष अगाडी  दरवार हत्या काण्ड भएको थियो र मदन भण्डारीको हत्या गरिएको थियो । गौरादहमा चामल गाडिएको पनि आज १० औं दिनको पुन्य तिथि । 
हिन्दु धर्म शास्त्रले अन्नको अपहेलना गर्नुलाई क्षमा दिनै नमिल्ने अपराध मानेको छ । 
बास्तवमा हामी हिन्दुधर्म मान्ने मान्छे अतिनै स्वतन्त्र छौँ । कहिले सयौं वर्ष पुराना पिपलका वृक्ष कुनै पर्वाह नगरी काटिदिन्छौं । अनि हामी २ ट्रक चामल खाडल खनेर पुरी दिन्छौं । फेरि हामी मध्ये कै केही हामीहरू दुर्वासा ऋषिले रामको दरवारमा पठाएको गुप्तचर जस्तो प्वालबाट टुलुटुलु हेरिमात्र राख्छौं । मान्छेले खान नपाएर के भो र चराचुरुङ्गीले खाने, गाई बस्तुले खाने थियो नी ? माछाले त खाने थियो । 
सति ले सरापेको देशका नागरिक हामीलाई अन्नको पनि सराप लाग्ने भयो । पापको प्रायस्चित गर्ने एउटा मात्र तरिका छ हरेक वर्षको जेठ १० गते डिपुचोकमा भेला हुने र  सयौं मजदुरको गाँस काटिएकोमा खिन्न हुँदै  दिपावली गर्ने । 
मजदुर जिन्दाबाद
Views: