d

एमाले बरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचार सुरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचार सुरु भएको छ ।

बुधबार नेपाल एयरलाईन्सको जहाजबाट थप उपचारका लागि नयाँदिल्ली लगिएका उनको बुधबारदेखि नै उपचार सुरु गरिएको उनका छोरा निर्भीक खनालले जानकारी दिए ।

केही संचार माध्यममा आएको जस्तो जटिल स्वास्थ अवस्था नरहेको र बुधबारको भन्दा स्वास्थ्य सुधार आएको खनालको सचीववालयले जनाएको छ ।

ज्वरो आएका कारण गत सोमबार नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका नेता खनालको भर्ना गरिए पश्चात डाक्टरहरुको निरन्तर प्रयासको बावजुत पनि ज्वरो नियन्त्रण हुन नसकेपछि बुधबार थप उपचारका लागि दिल्ली लगिएको हो ।

यसअघि कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा उपचार गरेर घर फर्किएको नेता खनाल केही सातापछि ज्वरो आएपछि पुनःः नर्भिकमै भर्ना भएका थिए ।

Views: