d

तिम्रो आँखा ले देखेका दलित हरु कहिले मान्छे हुने ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

✍️.रमेश रपाल 
ती कोइलाका अंगार र आरन का कोठा बाट 
निस्केका ती धुलो बाट धुलाम्मे  हुँदै पनि 
तिम्रो लागि  हतियार  बनाएर तिम्रो आवश्यकता पूरा गरे । तर तिमिले उनको  कर्म को
कुनै सम्मान गर्न जानेनौ !
तिम्रो स्वार्थ  ले उसलाइ लाई कहिलै 
माथी उठाउन  सकेन ।  
उसले बनाएको हतियार चल्ने !
तर अपसोच ! 
उसले  छोएको पानी नचल्ने !!!
कथित  बिद्वान महासयहरु !
तिम्रो आँखाले देखेका  दलित हरु 
कहिले मान्छे हुने ?

तिम्रो लाज छोप्न तिनै को सीप नभई नहुने ,
रात साझ ,चाड पर्व नभनी तिम्रो आवश्यकता पूरा गरे ।
तर तिम्रो व्यबहार ले  
उस्लाई सधै बाटो मुनि नै राख्ने ?  
तिम्रो सोच बिचार कहिले माथि उठ्ने? 
उसले सिलाएको कपडा चल्ने ।
तर अपसोच !
उसले  छोएको पानी नचल्ने !!!
कथित  बिद्वान महासयहरु !
तिम्रो आँखाले देखेका  दलित हरु 
कहिले मान्छे हुने ?

तिम्रो उच्च सम्मान का लागि गोडा मा नभइ नहुने
ती जुत्त्ता  ! अनि ती जनवार का छाला छुन , हेर्न 
हिच्किचाउने तिमी,
उसैको सिप र मेहनत ले बडो ठाटिएर हिड्दै गर्दा, 
तिम्ले ती सीप कर्मी हरु लाई 
कुल्चिएर हिँड्ने तिम्रो पित्री सत्तात्मक सोच
कहिले बाट फिर्ने? 
उसले सिलाएको जुत्ता चल्ने ।
तर अपसोच !उसले  छोएको पानी नचल्ने !!!
कथित  बिद्वान महासयहरु !
तिम्रो आँखाले देखेका  दलित हरु 
कहिले मान्छे हुने ?

घर चोक बजार दुर्गन्धित
हुदा तिमलाई घिन लाग्ने ।
तिम्लाइ सफा गरेर बस्न लाज र सरम लाग्ने अनि ......
अनि उसले सफा गरि तिम्रो मन नै फुरुङ्ग पारिदिंदा ।
फेरि पनि तिम्रो उ प्रतीको घृणित  नजर किन !
उसले सफा गरेको हर स्थान चल्ने ।
तर अपसोच !
उसले  छोएको पानी नचल्ने !!!

खुला दिशा मुक्त क्षेत्र छुट्याउन सक्ने
तिमी र तिम्रो समाज 
छुवाछुत मुक्त क्षेत्र कहाँ छुट्यायौ ?   
दिशा र दलित ... 
तिम्रो बिबेक र बिष्टी .... ??!!
कुन क्षेत्र खुला बनाउन सक्छौ तिम्रो चेतनाले

Views: