d

१४ अंकले बढ्यो नेप्से, ११ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच

Views:
Responsive Image Gallery
Responsive Image Gallery

साताको दोस्रो दिन आज सोमबार सेयर बजारको परिसूचक नेप्से करिब १४ अंकले बढेको छ । आज नेप्से १३. ९७ अंकले बढेर परिसूचक २९९४ अंकमा कायम भएको छ ।

हिजो ११ अर्ब ६३ करोडको कारोबार भएको थियो भने आज ११ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकम हिजोको तुलनामा सामान्य बढेको देख्न सकिन्छ।

सिनर्जी पावर डेभलपमेन्टको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै विशाल बजार कम्पनीको मूल्य ९ प्रतिशतले बढ्यो भने नेपाल इन्स्योरेन्सको मूल्य साढे ७ प्रतिशतले बढेको छ ।

Views: