d

स्थानीय तहले कृषि सामाग्री वितरण गर्ने तर अनुगमन नगर्ने, किन? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पछिल्लोपटक स्थानीय निकायमा सिचाईको लागि भनेर पानी तान्ने मोटर बाड्ने नजिर नै स्थापित भएको देखिन्छ। कृषिका नाउँमा कहिले ठेला,कहिले कोदालो त कहिले यस्तै सामग्री समुहमा बाड्ने गरेको भेटिन्छ। 

एउटा समुहमा धेरै कृषक जोडिएका हुन्छन्। कोदालो प्रतेकको घरमा भेटिन्छ। ढेला पशुपालकको गोठमा भेटिन्छ। त्यस बाहेक अन्य काममा खासै उपयोग हुदैन।तेस्तै पछिल्लोपटक स्थानीय तहमा बाडिने पानी तान्ने मोटर।  बोरिङ्ग गरेको प्रायको घरमा मोटर भेटिन्छ।

वडा अध्यक्ष भुमिराज पोख्रेल :- " बोरिङ गरेर मोटर नहुनेहरुको लागि हो यो। हामीले १६ वटा समुहलाई ५ वटाको दरमा ८० वटा बाडेका छौ। यसका लागि १० लाख बजेट छुट्याइएको थियोे।  बालि लाउने बेलामा मोटर बिग्रेको खण्डमा काम लाग्छ। या त धेरै जनाको खेति वरिपरि भए ठाउँमा सामुहिक रुपमा बोरिङ गरेर फाईदा लिन सकिन्छ।"

केही समय अगाडि प्रतेक समुह लाई बाडेको सामाग्री ( मकै छोडाउने मिसिन,ठेला र दबाई हान्ने स्रे) कहाँ छ ती समुहलाई नै थाहा छैन। केहीले नियम बनाएर समुहलाई आम्दानीको स्रोत बनाए पनि कति समुहले यस्ता सामग्रीको सहि सदुपयोग भने गरेको भेटिदैन।

स्थानीय कृषक भुमि राजबंशी-" अचम्म यो छ कि स्थानीय तह किन ठेला,कोदालो र मोटर भन्दा माथि उठ्न सकेको छैन? समुहमा कस्ता कृषक छन् के सामाग्रीको चाहिन्छ? अध्यन बिना हचुवाको भरमा अध्यन नगरि बाडिने सामानको अौचित्य नै छैन। भोलि पछिल्लोपटक बाडिएको मोटर बिक्री नहोला भन्न सकिदैन। कृषिलाई अाधुनिकरण गर्ने भए यस भन्दा माथि उठ्न जरुरी छ।"

स्थानीय युवराज बास्तोला:- "मोटर बाड्नुको साटो अन्य कुनै बैकल्पिक धेरै लाई समेट्ने गरि अन्य केही गर्नु पर्छ। ८ नम्बर वडामा कति ठाउँमा तार र पोलको अभाव छ। जस्तो धेरै जग्गा भएको ठाउँमा सामुहिक सौर्य उर्जा बाट सिचाई गर्ने बनाउनु पर्छ। बरु त्यता तिर ध्यान दिने भए अझ राम्रो हुनेथियो।"

हुनत मोटरमा बाडेकोमा समुहका कति सदस्य नै खुशी छैनन्। १० लाखमा अन्य केही किनेर रोजगार दिन सकिन्थ्यो। अाखिर किन स्थानीय निकाय यस भन्दा माथि उठ्न सकेको छैन। अहिलेसम्म पर्दाफास मिडियाले अध्यन गर्दा बाडे पछि ती सामाग्रीको अनुगमन नै नभएको पाएको छ। स्थानीय तहले दिएको सामाग्री उपयोग छ छैन वडाले खोज्ने नगरेको पाईएको छ। वडाको काम केवल  समिति बनाई दिने समान ल्याएर हस्तान्तरण गर्ने र फोटो मात्र खिच्ने हो कि? तेसो भए अनुगमन कसले गर्ने त?

Views: