d

६ अर्ब मूल्य बराबरको धानबालीमा क्षति

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडाैँ : बेमौसमी अविरल वर्षाका कारण किसानले घर भित्र्याउँदै गरेको ६ अर्ब रुपैयाँ बराबरको धानबालीमा क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार विभिन्न तीनवटा प्रदेशमा करिब ६ अर्ब मूल्य बराबरको धानबालीमा पुगेको हो । बेमौसमी अविरल वर्षाका कारण लम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र १ नम्बर प्रदेशको धानबालीमा क्षति पुगेको छ ।

कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बेमौसमी वर्षाका कारण सबैभन्दा धेरै लुम्बिनी प्रदेशका १० जिल्ला र सुदूरपश्चिमको कैलाली र कञ्चपुरको धानबालीमा क्षति भएको जानकारी दिए । उनले अन्य प्रदेशमा खासै क्षति नपुगेको बताए । प्रवक्ता सञ्जेलका अनुसार लुम्बिनीमा ९३ हजार ५ सय ७६ हेक्टर जमिनमा असर परेकोमा ४२ हजार ४ सय २७ हेक्टरमा लगाएको धान बालीमा क्षति भएको छ ।

यसैगरी उत्पादन परिमाणमा भन्नुपर्दा १ लाख ६१ हजार २ सय २३ मेट्रिक टन धानमा क्षति पुगेको छ । लुम्बिनी प्रदेशमा १ लाख ६१ हजार २ सय २३ मेट्रिक टन धानको रकममा भन्नु पर्दा करिब ४ अर्ब ५५ करोड मूल्य बराबरको धानमा क्षति पुगेको पूर्वानुमान गरेको छ । द नेपाल टप 

Views: