d

चीनमा मुस्लिम र अल्पसंख्यकको कलेजो करोडौंमा बिक्रि

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । चीनको सिन्जियाङ प्रान्तमा मुस्लिम र अन्य धार्मिक अल्पसंख्यकका अंगप्रत्याङ्ग बिक्रि वितरण हुने गरेको खुलेको छ । चीनमा अल्पसंख्यक मुस्लिम समुदाय र अन्य धार्मिक अल्पसंख्यकका अंग प्रत्यारोपणका लागि कालो बजारीमा बिक्रि वितरण भइरहेको खुलेको हो ।
उनीहरुको अंग प्रत्यारोपणका लागि कालो बजारीमा लाखौं डलरमा बिक्रि वितरण भइरहेको विभिन्न रिपोर्टले जनाएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एनी न्युज र हेराल्ड सनमा प्रकाशित रिपोर्टअनुसार चीनको कालोबजारमा अल्पसंख्यक मुस्लिम र धार्मिक समुदायका कलेजोहरु बिक्रि वितरण हुने गरेका छन् । सो समुदायका स्वस्थ्य मानिसको कलेजो करिब १ लाख ६० हजार अमेरिकी डलरमा बिक्रि हुने गरेको र वर्षेनी १ बिलियन अमेरिकी डलरको कलेजो कालोबजारीमा बिक्रि हुने गरेको रिपोर्टमा उल्लेख छ ।
चीनको हिरासतमा रहेका विभिन्न चिनियाँ मुस्लिम र धार्मिक अल्पसंख्यकहरुको अंगप्रत्याङ्ग बिक्रि वितरण एवम् तस्करीको यो घटना पहिलो नभएको संयुक्त राष्ट्रसंघको मानव अधिकार आयोगले जनाएको छ । यसअघि गएको जुन महिनामा आयोगले चीनको हिरासतमा बसेका फालुन गोङ अन्वेषकहरु, उइगुरु, तिब्बतीहरु, मुस्लिम र क्रिष्चियनहरुको विभिन्न अंग तस्करी भएको रिपोर्ट निकालेको थियो । कलेजो मात्र नभई विभिन्न अल्पसंख्यक समुदायका मुटु, किड्नी, कर्निया लगायतका अंग तस्करी हुने गरेको सो रिपोर्टले उल्लेख गरेको थियो । ती अंग तस्कर गर्न स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न पदका व्यक्ति संलग्न हुने गरेको रिपोर्टमा उल्लेख छ ।

Views: