d

स्वास्थ्य मन्त्रीले भने- दुई डोज लगाइसकेकाले बुस्टर डोज लगाउनू

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरूद्धको दुई डोज लगाइसकेका नागरिकलाई बुस्टर डोज लगाउन आग्रह गरेका छन्।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री खतिवडाले कोरोनाविरूद्धको दुई डोज लगाइसकेका नागरिकलाई बुस्टर डोज लगाउन आग्रह गरेका हुन्। 

उनले कोरोनाविरूद्धको नयाँ प्रकार ओमिक्रोन आएसँगै तेस्रो डोज लगाउने कुराले चर्चा पाएको बताउँदै विश्व स्वास्थ्य संगठनले पनि तेस्रो डोज खोप लगाउन आग्रह गरेको बताए। 

उनले प्रतिरोधात्मक क्षमता कम भएकाहरूले ३ देखि ६ महिनाभित्रमा तेस्रो मात्राको खोप लगाउने व्यवस्था मिलाउने गरी सरकार प्रदेश र जिल्लागत तहमा व्यवस्थापनमा लागिरहेको बताए।

sanimaeveryghar  box ad 2nmb
मन्त्री खतिवडाले भने, ‘बुस्टर डोजसँग गाँसिएका कुराहरू आए। यसको नाम बुस्टर भनिए पनि जे भनिए पनि यो तेस्रो डोजको नाम बुस्टर डोज भनियो। ओमिक्रोन आएपछि यसको चर्चा अलि बढी हुन थाल्यो र समाजमा के कुरा गएको छ भन्दा तेस्रो डोज लियो भने अझ सुरक्षित छ भन्ने छ। प्रतिरोधात्मक क्षमता कम भएकाहरूले तीनदेखि ६ महिनाभित्र लगाउँदा राम्रो भन्ने विश्व स्वास्थ्य संगठनको निर्देशन छ। सरकारी संयन्त्रलाई मिलाएर बुस्टर डोज दिने भन्ने कुरा मन्त्रिपरिषद्को बैठकमा प्रदेश हुँदै जिल्ला तहसम्म दिने भइसकेको छ।’

मन्त्री खतिवडाले कोरोनाविरूद्धको नयाँ प्रकार ओमिक्रोनबाट बच्न सरकारले हालसम्म लगभग १० वटा देशलाई प्रतिबन्ध लगाएको बताए। 

उनले अन्य देशबाट आउने नागरिकहरूलाई पनि क्वारेन्टिनमा राखिने र उनीहरूको पिसिआर परीक्षण गरेरमात्रै घर जान दिने बताए। 

मन्त्री खतिवडाले खोपका झोला बोकेर गाउँ-गाउँमा गई कोरोनाविरूद्धको खोप लगाउन सहयोग गर्न पनि सञ्चार माध्यम, राजनीतिक दलहरूलाई आग्रह गरे।

Views: