d

एमाले उपमहासचिव ज्ञवालीलाई काेराेना सङ्क्रमण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 काठमाण्डाै – एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । आज मङ्गलवार सामाजिक सञ्जालमार्फत ज्ञवालीले याे जानकारी दिएका हुन् । 
आफूलाई काेराेनाकाे हल्का लक्षण देखिएकाे पनि बताउनुभएकाे छ । उपमहासचिव ज्ञवालीले आफ्नाे सम्पर्कमा आएकालाई पनि काेराेना परीक्षण गराउन आग्रह गरेका छन् । 

‘चार/पाँच दिनदेखि मेराे नजिकमा रहनुभएका सबैलाई सावधानी अपनाउन, सुरक्षित रहन र कुनै लक्षण देखिएमा परीक्षण गराउन अनुराेध गर्दछु’​, नेता ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन् । 

Views: