d

थप २६४ जना कोभिड १९ संक्रमित थपिए, २ जनाकाे निधन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपालमा थप २६४ जना कोभिड १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपटेड अनुसार ९ हजार ३९२ पीसीआर परीक्षणमध्ये २२९ जनामा र चार हजार ३१७ एन्टिजेन परीक्षणमध्ये ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको हुने ३६२ जना छन् । सोहि अवधिमा संक्रमणका कारण निधन हुनेको संख्या २ रहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका १०९ जना र ललितपुरका ३० जना भएका छन् । हाल देशभरमा हुने सक्रिय संक्रमितको संख्या पाँच हजार ६८९ र क्वारेन्टिनमा हुनेको संख्या ९६ रहेको छ ।

Views: