d

१८ लाख खाेप आइपुग्याे, भाेलि र पर्सिसम्ममा २१ लाख आइपुग्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ, मङ्सिर २९ गते । कोरोनाविरुद्धको कोभिशिल्ड करिब १८ लाख भन्दा बढी डोज खोप नेपाल आइपुगेको छ । बुधबार १८ लाख ७१ हजार डोज कोभिसिल्ड आएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।

अहिलेसम्म तीन करोड १४ लाख २० हजार ७३० डोज खोप आइसकेको छ । जसमा ५७ लाख ४५ हजार ५ सय कोभिशिल्ड, एक करोड ७३ लाख ४९ हजार ६ सय भेरो सेल, एक लाख ६२० फाइजर खोप रहेको बताएको छ  । त्यस्तै  ३० लाख ३७ हजार ५६० एस्ट्राजेनेका र ३६ लाख ५१ हजार २ सय मोर्डना खोप नेपालले प्राप्त गरिसकेको बताईन्छ । 

बिहिबार २१ लाख ७६ हजार डोज जोन्सन एण्ड जोन्सन खोप आउने

डा चौरसिया अनुसार बिहीबार (भोलि ) २१ लाख ७६ हजार डोज जोन्सन एण्ड जोन्सन खोप आउँदै छ। भोलि सात लाख १९ हजार ६५० डोज आउने र बाँकी १४ लाख ५७ हजार डोज खोप पर्सि आउने चौरसियाले बताउनु भयो । खोप युनिसेफ मार्फत आउन लागेको हो।
त्यस्तै डिसेम्बर २३÷२४ तारिखमा ६ लाख ६४ हजार फाइजर खोप आउन लागेको लागेको स्वस्थ्य मन्त्रालयको भनाई रहेको छ ।  

Views: