d

अमेरिका-चीन विवादले लियो उग्र रुप, अमेरिकी अधिकारीमाथि चीनको प्रतिबन्ध

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बेइजिङः चीन सरकारले चार अमेरिकी सरकारका अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ। चीनको  सिन्जियाङ प्रान्तका उइघुरको मुद्दा देखाउँदै प्रतिशोधस्वरुप सरकारले ती अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो।


संयुक्त राज्य अमेरिका सरकारका अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगकी अध्यक्ष नादिन मेइनजा, सचिव नुरी टर्केल, अनुरिमा भार्गेभा र जेम्स कारविरुद्ध सरकारले प्रतिबन्ध लगाएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सो जानकारी दिएका हुन्।

चीनले मंगलबार प्रतिशोधस्वरुप अमेरिकी सरकारका अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो। चीनको सो प्रतिबन्धपछि करिब १ लाखभन्दा बढी जनसंख्या भएको अल्पसंख्यक मुस्लिम समुदाय उइघुरको बासस्थान रहेको सिन्जियाङ प्रान्तमा तनाव छाएको बताइएको छ।

यसअघि अमेरिकाले उइघुरको मुद्दालाई लिएर चीनको राजधानी बेइजिङमा आयोजित सितकालीन ओलम्पिक्सलाई कूटनीतिकरुपमा बहिष्कार गर्ने घोषणा गरेको थियो।

Views: