d

हृदयघात हुनबाट बचाउने पाँच खानेकुरा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं – नराम्रो जीवनशैली, तनाव र अस्वस्थ्यकर भोजन मानिसहरुमा हृदयघातको एउटा आम समस्या बन्न थालेको छ ।

त्यसैले हामीले हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंग मध्येको एक मुटुलाई स्वास्थ राख्न अति आवश्यक छ ।


व्यायामका साथै आहारले पनि हाम्रो मुटुलाई स्वस्थ राख्नमा महत्वूिर्ण भूमिका निर्वाह गर्छ ।

जो मानिस नियमित रुपले स्वस्थ् खाना सेवन गर्छन्, उनीहरूमा हृदय सम्बन्धि रोगको खतरा कम हुन्छ ।

मुटुको काम

मुटु हाम्रो परिसंचरण प्रणालीको बीचमा स्थित हुन्छ जसले ढड्किदै सम्पूर्ण शरीरमा रक्त प्रवाह गर्छ । रगतले शरीरमा अक्सीजन र पोषक तत्व पुऱ्याउँछ र अवान्छित कार्बन डाइअक्साइड र अपशिष्ट पदार्थलाई बाहिर निकाल्छ । यदि मुटुलाई ध्यान दिइएन भने समस्या बढ्न सक्छ । स्वस्थ भोजनको माध्यबाट मुटुलाई स्वस्थ राख्न सकिन्छ ।

फर्सी, चिया र आलस

फर्सी, चिया र आलस ओमेगा-३ का साथ-साथै फाइबरले भरिपूर्ण हुन्छ । यो मुटुको लागि अति नै फाइदाजनक हुन्छ । सबैभन्दा पहिला यी सबै कुरालाई भिन्दा-भिन्दै अथवा एकैसाथ भुट्नु पर्छ । यसलाई हावा नछिर्ने बट्टामा भरेर राख्नु पर्छ । भोक लाग्दा यसलाई स्न्यास्कको विकल्पमा एक मुठ्ठी खान सकिन्छ ।

नट्सको सेवन

ड्राई फुडका मुटुका लागि अति आवश्यक हुन्छ । हृदयलाई स्वस्थ राख्नका लागि भोजनमा ओखर र बदाम समावेश गर्नु पर्छ । यसले नराम्रो कोलेस्ट्रोलको स्तरलाई कम गरेर हाम्रो मुटुलाई रोगबाट मुक्त राख्छ ।

बेसार, धनियाँ,जीरा र दालचीनीको सेवन

मुटुलाई स्वस्थ राख्नाका लागि बेसार, धनियाँ, जीरा, दालचीनी पनि फाइदाजनक हुन्छ । त्यसैले खाना बनाउदा यी मसलाहरुको प्रयोग गर्नु पर्छ ।

लहसुनको सेवन आवश्यक

लहसुनले शरीरमा ब्लड प्रेशर र कोलेस्ट्रोललाई कम गर्न सहयोग गर्छ, जसले हृदयलाई स्वस्थ तरिकाले कार्य गर्न सहयोग गर्छ । खाली पेटमा काँचो लहसुन खानु अति नै फाइदाजनक हुन्छ । यसले हृदयलाई स्वस्थ राख्न सहयोग गर्छ ।

पालुंगो

हरियो सागपात पोषक तत्वले भरिपूर्ण हुन्छ र हाम्रो हृदयलाई स्वस्थ राख्न सहयोग गर्छ । पालुंगो म्याग्नेशियम र पोटाशियमको एउटा राम्रो स्रोत हो । यसले ब्लड प्रेशरलाई नियन्त्रण गर्न सहयोग गर्छ । यसले हृदय रोगको जोखिम कम हुन्छ ।

Views: