d

पाकिस्तानमा पीटीआई नेताको गोली हानी हत्या

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पाकिस्तान तेहरेक–ए–इन्साफ (पीटीआई) का स्थानीय नेतालाई पञ्जाब प्रान्तको कराची शहरमा शुक्रबार अज्ञात सशस्त्र मानिसहरूको एक जत्थाले गोली हानी हत्या गरेको ‘द न्युज इन्टरनेशनल’ले लेखेको छ ।
 
घटना दिउँसोको समयमा भएको बताइएको छ । उक्त घटनामा पीटीआई नेताको मृत्यु भएको र थप एक जना सख्त घाइते भएका बताइएको छ । 

रिपोर्टअनुसार क्यदाबाद क्षेत्रको मुर्गीखाना बिसौनी नजिकै एक विवादित जमिनका विषयलाई लिएर उनको हत्या गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

घटनामा सम्लग्न व्यक्तिहरू आक्रमणपछि भागेको र प्रहरीले उनीहरूको खोजी गरिरहेको जनाएको छ ।

आक्रमणमा घाइते भएकाहरूलाई नजिकैको अस्पतालमा लगी उपचार भइरहेको छ । 


पीटीआई नेता गैरकानुनीरूपमा ओगटिएको जग्गाका विषयमा स्थानीय अदालतमा सुनुवाइपछि घर फर्कंदै गर्दा उनमाथि आक्रमण भएको हो । 

पीटीआई नेतृत्वले घटनाको निन्दा गर्दै दोषीलाई तत्काल पक्राउ गर्न माग गरेको छ । घटनाबारे थप जानकारी विस्तृत अनुसन्धानपछि मात्र दिन सकिने प्रहरीले बताएको छ । 

image: the news international

Views: