d

कोरोना खोपको ‘अतिरिक्त डोज’ दिन सरकारले थाल्यो तयारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – सरकारले कोरोनाविरुद्धकाे खोपको अतिरिक्त डाेज दिने तयारी थालेको छ । खोप सल्लाहकार समितिको सुझावको आधारमा अतिरिक्त मात्रा खोप दिने तयारी थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कहिलेदेखि दिने भन्नेबारे भने निर्णय हुन बाँकी छ । तर तयारी थाल्न भने सम्बन्धित सबैलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।

सहप्रवत्ता अधिकारीका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरूलाई अतिरिक्त डाेज दिन लागिएको छ । जसमा क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गर्नेहरू र एचआईभीका बिरामी रहेका छन् ।  

 उज्यालो।  

Views: