d

सिंहदरबार प्रवेश गर्ने सबै पास खारेज

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गृह मन्त्रालयले सिंहदरबार प्रवेश गर्ने सबै पास खारेज गरेको छ। 

बुधबार सूचना प्रकाशित गरी गृहले कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राखेर हालसम्म सबै मन्त्रालय, विभाग, आयोग तथा कार्यालयबाट जारी भएका स्थायी/अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गरिएको जनाएको छ।

अब उप्रान्त नयाँ परिचयपत्र जारी गर्नुपरेमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाटै परिचयपत्र दिने सूचनामा उल्लेख छ।

सरसफाइसँग सम्बन्धित कर्मचारीको पास भने खारेज गरिएको छैन। यस्तै, पत्रकारले सूचना विभागबाट जारी भएको परिचय पत्रका आधारमा सिंहदरबारमा प्रवेश पाउने छन्। 

Views: