d

न्यायाधीश, मुख्य रजिस्टारसहित सर्वोच्चमा २४ जनालाई कोरोना संक्रमण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

न्यायाधीश, मुख्य रजिस्टारसहित सर्वोच्चमा २४ जनालाई कोरोना संक्रमण
काठमाडौं : सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण बढेसँगै आइतवार थप ३० जनाको परीक्षण गरिएको छ। कन्ट्याक्ट ट्रेसिङमा परेका ३० जनाको परीक्षण गरिएको हो।

न्यायाधीश मीरा खड्कालाई संक्रमण पुष्टि भएको छ। न्यायाधीश सपना प्रधान मल्लको सवारी चालकलाई पनि संक्रमण पुष्टि भएको छ।

यस्तै, मुख्य रजिस्टार लालबहादुर कुँवर पनि संक्रमण पुष्टि भएर बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा छन्।

कर्मचारीहरुले संक्रमण बढेको भन्दै भीडभाड कम हुनेगरी सेवा संकुचन गर्न माग गरेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बारले जारी राखेको आन्दोलन पनि स्थगन गर्न उनीहरुले माग गरेका छन्। दुई महिनाभन्दा लामो समयदेखि बार आन्दोलनमा छ।

Views: