d

संक्रमित ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पछिल्लो समय नेपालमा तीव्र रुपमा फैलिएको कोरोना संक्रमणको कारण ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको छ। 


आइतबार भएका संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा नेपालमा ६ हजार चार सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। संक्रमित मध्ये ८८ प्रतिशतमा ओमिक्रोन पुष्टि भएको हो। 

हाल देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ। 

Views: