d

इटालीका राष्ट्रपति माटारेल्ला दोस्रो कार्यकालका लागि निर्वाचित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

इटालीका राष्ट्रपति सर्जियो माटारेला आठौं चरणको निर्वाचन नतिजा अनुसार दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनु बएको छ। उहाँको कार्यकाल फेब्रुअरीको शुरुमा सकिँदै छ ।

मतगणना जारी छ तर मटारेल्लाले जितका लागि आवश्यक ५०५ मतको बहुमत प्राप्त गरिसक्नुभएको छ। इटालीका प्रधानमन्त्री मारियो ड्राघी र सत्तारुढ दलका नेताहरूले ८० वर्षीय मटारेलालाई दोस्रो सात वर्षको कार्यकालका लागि पद स्वीकार गर्न अपील गरेपछि यो नतिजा सम्भव भएको हो।

यद्यपि मटारेलाले दोस्रो कार्यकालका भने लागि चासो देखाउँनुभएको थिएन । यसअघि शनिबार मटारेलाले संसदीय नेताहरूको एक प्रतिनिधिमण्डल भेट गरेपछि “परिस्थितिलाई ध्यानमा राख्दै” फेरि देशको नेतृत्व गर्न तयार रहेको घोषणा गर्नुभएको थियो।

यस अघि जारी सात चरणको मतदानले परिणाम ल्याउन सकेको थिएन ।।

Views: