d

कोभिड १९ को असर दशकौंसम्म महसुस हुनसक्छ : डब्ल्युएचओ प्रमुख

Views:
Responsive Image Gallery
Responsive Image Gallery

एजेन्सी । विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) का प्रमुख डाक्टर टेड्रोस अदहानो गेब्रेयेससले कोभिड १९ को असर दशकौंसमम महसुस हुने बताएका छन्। उनले भाइरस प्रसारको गति कम भएपनि यसको असर कायमै रहने बताएका हुन्।

डा. टेड्रोसले कमजोर समूहमा यसको प्रभाव सबैभन्दा धेरै महसुुस हुने बताए। ‘‘महामारी जति लामो समयसम्म चल्छ। प्रभाव त्यति नै खराब हुनेछ,’’ टेड्रोसले भने,‘‘विशेषगरी कमजोर महसुमा यसको असर ठूलो पर्नेछ।’’


टेड्रोसले विश्वमा खोपलाई लिएर व्यापक असमानता रहेको पनि औल्याएका छन्। ‘‘अफ्रिकी देशमा औसत खोप लगाउने दर केवल २३ प्रतिशत मात्रै छ। यस्तो अन्तरलाई कम गर्नु डब्ल्युएचओको तत्कालीन प्राथमिकता हो।’’

यसअघि नै डब्लयुएचओले भाइरसले स्वरुप परिवर्तन गरेसँगै खोपलाई पनि विकसित गर्नुपर्ने आवश्यकता पर्नसक्ने बताएको थियो।

Views: