d

राष्ट्रिय युवा संघ नेपालले गर्यो आँखा सम्बन्धी स्वास्थ्य शिविर 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 कमल गाउँपालिका वडा न २ मा एक दिने निशुल्क मोतिबिन्दुको अप्रेशन सहितको स्वास्थ्य शिविर सम्पन्न भएको छ।   राष्ट्रिय युवा संघ नेपालको आयोजना र मेची नेत्रालय दमकको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न गरिएको हो।  

तस्विर: दिपक खड्का 

शिविरमा मेची नेत्रालय दमकका नेत्र चिकित्सक अशोक तिवारीले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए।  

उक्त अवसरमा २३५ जना बिरामीहरूको आँखा जाँच गरिएको राष्ट्रिय युवा संघ कमलका उपाध्यक्ष प्रकाश आङबोले बताए।   

 

No description available.

 

जाँच गरिएका मध्ये २८ बिरामीहरुमा मोतिबिन्दुको समस्या देखिएको र आगमी फागुन १४ गते सम्पूर्ण विरामीहरु को निःशुल्क आँखाको अप्रेशन गरिने जनाइएको छ।  

 

No description available.

 

 

औपचारिक रुपमा सम्पन्न गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्ना धारणा राख्दै गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले दूरदराजमा रहेका र स्वास्थ सम्बन्धी चेतनाको पहुँच प्राप्त गर्न नसक्ने नागरिकहरूलाई लक्षित गरि स्वास्थ्य शिविर संचालन गर्नाले समाजमा प्रत्यक्ष रुपमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।  आयोजकलाई धन्यवाद दिंदै युवासंघ रचनात्मक कार्यमा अघि बढेकोमा खुसी व्यक्त गरिन्।  कार्यक्रममा कमल गाउँपालीका उपाध्यक्ष वेनुप्रसाद सिवाकोटी , भिमराई ,प्रेम पोखरेल ,हरी ढकाल, राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य निशा लिम्बु,  शिवसताक्षी नगर अध्यक्ष फुर्वा लामा समेतको उपस्थिती रहेको थियो।  

 राष्ट्रिय युवासंघ नेपाल कमल गाउँ कमिटी सचिव आशिष निरौलाले संचालन गरेको कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवासंघ गाउँ कमिटी अध्यक्ष जिवलोक सापकोटाले गरेका थिए। 

 

No description available.

Views: