d

काठमाण्डाैमा बस्न नसकेका जहाज गाैतमबुद्ध विमानस्थलमा सजिलै अवतरण हुने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

रुपन्देही – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदाे जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि व्यासायिक उडान सञ्चालन हुने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेशन फ्लाइट) सम्पन्न गरेसँगै बुद्ध जयन्तीका दिनदेखि व्यावसायिक उडान हुने नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । 

एरो थाईको क्यालिब्रेशन फ्लाइट सकिएसँगै नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा वैशाख १ गतेदेखि परीक्षण उडान गर्ने तयारी तीव्र बनाएको छ । वैशाख १ गते नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमार्फत परीक्षण उडान गरिने पनि प्राधिकरणले जनाएको छ । विमानस्थलबाट हवाई उडान सञ्चालन गर्न प्राधिकरणले एअरस्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिड्योर सबै तयारी गरिसकेको र जेठ २ गते अगाडि सबै काम सकिने प्राधिकरणले जनाएको छ।  
उडान नियमित भएपछी काठमाण्डाैमा बस्न नसकेका जहाज अब गाैतमबुद्ध विमानस्थलमा सजिलै अवतरण हुने प्राधिकरणको भनाइ रहेको बताइन्छ।  

Views: