d

युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगलागी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

युक्रेनको इनरहोडार सहरमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगलागी भएको खबर प्राप्त भएको बीबीसीले जनाएको छ । 

 रुसी सेनाको लगातारको बम आक्रमणबाट प्लान्टको भवन र युनिटमा आगलागी भएको अनुमान गरिएको गरिएको बताइन्छ।  

 यसअघि सहरको बाहिर रुसी र युक्रेनी सेनाबीच ठूलो लडाइँ भएको खबरहरुमा जनाइएको छ।  

रुसी सेनाले ट्याङ्क र बख्तरबन्दसहित सहरमा पस्ने र आणविक प्लान्ट नियन्त्रणमा लिने कोसिस गरेका थिए । तर गएको बुधवार स्थानीय नागरिकहरू र प्लान्टका कर्मचारीहरूले प्लान्टसम्म पुग्ने बाटो बन्द गरेका थिए । 

युक्रेनमा यो समय चार वटा आणविक प्लान्ट चलिरहेका र त्यसमा इनरहोडारमा रहेको जापाेरिज्या प्लान्ट पनि रहेको बीबीसीमा उल्लेख छ । 

यस प्लान्टमा परमाणु स्थल चर्नोबिलको परमाणु फोहर पनि ल्याउने गरिन्छ । चर्नोबिल अहिले रुसको कब्जामा छ । 


यसैबीच द इन्टरनेशनल एटमिक इनर्जी एजेन्सी (आईएईए) ले आफूहरू युक्रेनका अधिकारीहरूकाे सम्पर्कमा रहेकाे बताएकाे छ । प्लान्टका एक प्रवक्ताले रुसी सेनालाई गाेलीबारी बन्द गर्न सामाजिक सञ्जालमार्फत आग्रह गरेका बीबीसीले जनाएकाे छ ।  image: internet

Views: