d

जेलेन्स्कीले भने : म भागेको छैन, कीभ मै छु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

एजेन्सी । युक्रेनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पोल्याण्ड भागेको रसियाको दाबीलाई अस्वीकार गरेको छ। जेलेन्स्कीले आफू भागेर पोल्याण्ड नगएको तर युक्रेनमै रहेको बताएका छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्कीको कार्यालयले पनि राष्ट्रपति जेलेन्स्की कीभमा रहेको दाबी गरेको छ ।

उनले भनेका छन्, युक्रेनबाहेक कतै गएको छैन । यसअघि रुसले जेलेन्स्की युक्रेन छोडेर पोल्याण्ड गएको दाबी गरेको थियो । जेलेन्स्कीले आफू भागेर पोल्याण्ड नगएको भन्दै नयाँ भिडियो सार्वजनिक गरेका छन् । यस क्रममा उनले युरोपेली देशहरुलाई युक्रेनको समर्थनमा आउन अपिल गरेका छन् ।

युक्रेनको संसदले राष्ट्रपति जेलेन्स्की नभागेको, उनी राजधानी कीभमा रहेको पुष्टि गरेको हो। युक्रेनले बारम्बार रुसले जेलेन्स्कीलाई मार्ने प्रयास गरिरहेको दाबी गर्दै आएको छ । युक्रेनको राष्ट्रपति निवास नजिक रकेटको टुक्रा पनि भेटिएको थियो । उक्त घटनाप्रति जिस्काउँदै जेलेन्स्कीले लक्ष्य छुटेको बताए ।

Views: