d

धर्मदेवीमा उदयचन्द्रको उदय 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

धर्मदेवी । सरकारले स्थानीय तहको निर्वाचनको मिति  आगामी बैशाख ३० गतेका लागि घोषणा गरिसकेको छ । निर्वाचन घोषणा भएसँगै दलहरु स्थानीय तहमा केन्द्रीत भएर कार्यक्रम गर्न थालेका छन् । नेकपा एमाले सबैभन्दा अघि बढेर टोल कमिटी गठन लगायत स्थानीय स्तरका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढी रहेको छ । यता नेपाली कांग्रेसले पनि घर घर जाउँ कांग्रेस जिताउँ भन्दै स्थानीय तह केन्द्रीत कार्यक्रम सुरु गरिसकेको छ । यसरी दलहरु स्थानीय तहमा केन्द्रीत भइरहँदा विभिन्न स्थानीय तहका जनतालाई आगामी उम्मेदवारहरुको विषयमा चासो हुन थालेको छ । यसैबीच पूर्वी पहाडी जिल्ला संखुवासभाको धर्मदेवी नगरपालिकामा पनि दलहरुले चुनाव केन्द्रीत कार्यक्रम गरिरहेका छन् भने आगामी निर्वाचनका उम्मेदवारको विषयमा पनि चर्चा हुन थालेको छ । पछिल्लो समय धर्मदेवी नगरपालिकाको मेयरमा उदयचन्द्र पौडेलको नाम चर्चामा छ । धर्मदेवीकै प्रभावशाली व्यक्तित्वको रुपमा पहिचान बनाएका पौडेल हाल धर्मदेवी नगरपालिका वडा नम्बर ५ को वडाध्यक्ष समेत हुन् । नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख हुँदा र नेपाली कांग्रेसकै बहुमत हुँदा समेत पौडेलले अन्यको तुलनामा प्रभावशाली वडाध्यक्षको पहिचान बनाएका छन् ।  धर्मदेवी ५ माम्लिङ निवासी पौडेल नेकपा एमाले धर्मदेवीको इञ्चार्ज समेत हुन् । सामाजिक तथा राजनीतिक व्यक्तित्वका रुपमा परिचित पौडेल के वृद्ध, के वयस्क, के युवा सबै माझ लोकप्रिय छन् । त्यसमा पनि युवाहरुलाई सँधै सकरात्मक काममा अघि बढ्न प्रेरणा र हौसला प्रदान गर्ने पौडेललाई युवाहरुले एक आदर्श व्यक्तिको रुपमा लिने गरेका छन् ।  
पार्टीले समेत पौडेलले चाहेमा नगर प्रमुखको उम्मेदवारको पहिलो प्राथमिकतामा उनलाई नै राखेको नेता कार्यकर्ताहरु बताउँछन् । नेकपा एमाले यसपटक धर्मदेवीमा चुनाव जितेरै छाड्ने तयारीका साथ लागेकाले पार्टीले पौडेलको सहमति विपरित अरुलाई टीकट नदिने एक कार्यकर्ताको भनाइ छ । पौडेलको लोकप्रिय छवि र पछिल्लो समय नेकपा माओवादी केन्द्र लगायतका दलबाट ठूलो संख्यामा एमाले प्रवेश गरेकाले समेत पौडेलले टिकट पाएको अवस्थामा धर्मदेवीमा एमालेको जित सुचिश्चित रहेको नगरबासीको बुझाइ छ ।

Views: