d

पश्चिम बंगालमा जिउँदै जलाएर ८ जनाको हत्या

Views:
Responsive Image Gallery
Responsive Image Gallery

८ चैत, काठमाडौं । भारतको पश्चिम बंगालमा जिउँदै जलाएर आठ जनाको हत्या गरिएको छ ।

पश्‍चिम बंगालको वीरभुम जिल्लास्थित एक गाउँका ८ जनालाई जिउँदै जलाएर हत्या गरिएको हो मंगलबार बिहान ८ जनाको शव डढेको अवस्थामा फेला परेको अधिकारीहरूले बताएका छन् । ‘घटनामा ८ जनाको ज्यान गएको छ’, डिजीपी मनोज माल्भियाले भने, ‘एउटै घरमा सात जनाको शव फेला परेको छ ।’

सोमबार राति वीरभुमको बागुटी गाउँका उप-प्रधानपञ्च बडू शेखको हत्या लगत्तै गाउँमा राति नै आगजनी गरिएको थियो । पसलमा बसिरहेका बेला बम प्रहार हुँदा गम्भीर घाइते भएका शेखको अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले उनको हत्यामा संलग्नको आशंकामा एक जनालाई पक्राउ गरिसकेको छ ।

आफ्ना लोकप्रिय नेताको हत्या भएपछि एक भीडले विपक्षी समूहको घरमा हमला गरी आगजनी गरेको थियो । झण्डै एक दर्जन घरमा आगजनी हुँदा ८ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

आगजनीलगत्तै दमकलसहितको टोली घटनास्थलमा पुगेको तर उनीहरूलाई घटनास्थलमा जान दिइएको थिएन । घटनामा परी ज्यान गुमाउनको पहिचान हुन नसकेको पनि समाचारमा उल्लेख छ । Photo: News 18

Views: