d

 निर्धन उत्थानको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: निर्धन उत्थान वित्तीय संस्था लिमिटेड गौरादह शाखाले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । संस्था मातहतका ग्राहक शेयर सदस्यहरुलाई लक्षित गरेर १ दिने बित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । 

निर्धन उत्थान लघुबित्त वित्तीय संस्थाका कार्यक्रम अधिकृत महेन्द्र बहादुर कुवरले सहजीकरण गरेको कार्यक्रममा संस्था आवद्ध ग्राहक शेयर सदस्यलाई कर्जाको प्रयोजन, कर्जा फिर्ता तथा बचतको महत्त्व बारे सहभागीहरुलाई प्रशिक्षित गराइएको थियो । 

 स्थानीय जानकेश्वर शिवालय मन्दिरको सभाहलमा आईतवार आयोजित कार्यक्रममा सहभागीहरुले कोरोना कहरले समयमा सावाँ व्याज बुझाउन समस्या भएको, ब्याजदर महंगो रहेको लगायतका जिज्ञासाको  जवाफ दिदै शाखा प्रमुख दुर्गा घिमिरेले हरेक वर्ग र समुदायको घरघरमा पुगेर संस्थाले सेवा प्रवाह गर्दै आएको बताउदै ग्राहक शेयर सदस्य र संस्था कर्मचारी विच रहेको अटुट सम्बन्धकै कारण निर्धन उत्थान बैंकले समुदायमा स्थापित हुने मौका पाएको बताए। 

'सदस्यहरुको सल्लाह सुझावको हामी उच्च कदर गर्छौ। व्याजदर घटाउने विषयमा  समेत माथिल्लो तहमा जानकारी गराइएको छ।', घिमिरेले सहभागीलाई बताए । 

'ग्राहक शेयर सदस्यहरूको आर्थिक स्तर सुधार्न गर्नकै लागि संस्थाले कर्जा प्रवाह गर्ने गरेको र कर्जाको सहि सदुपयोग गर्नुपर्ने घिमिरेको सुझाव रहेको थियो।

विपन्न समुदायमा कर्जा प्रदान गर्दै आएको निर्धन उत्थान बैंकले २०६६/०६६ मा  गौरादह शाखा कार्यालय स्थापना गरि सेवा प्रवाह गर्दै आएको छ । गौरादहमा हालसम्म करिब १२ सयको हाराहारीमा शेयर सदस्य रहेको संस्थाको तथ्यांकले देखाउछ ।

Views: