d

थाइल्याण्डबाट उड्न लाग्दा निगमको जहाजको दुबै टायर पड्किएपछि....

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाल वायुसेवा निगमको जहाज थाइल्याण्डमा उड्नै लाग्दा दुईवटा टायर एकैपटक पञ्चर भएको छ । यो जहाज ठूलो दुर्घटना हुनबाट बचेको उक्त जहाजबाट काठमाडौं आउँदै गएका एक यात्रुले बताएका छन् ।
थाइल्याण्डको राजधानी बैंककबाट शुक्रबार साँझ काठमाडौं आउने तयारी भएको आरए ४०२ उडान नम्बरको उक्त जहाज उड्नलाई धावनमार्गमा गुड्ने क्रममा दुईवटा टायर पड्किएको हो ।


जहाजको उड्ने क्रममा भएको उक्त घटनालाई उड्डयन भाषामा रिजेक्टेड टेकअप भनिन्छ । जहाजको टायरको मर्मत गरेर शुक्रबार राती नै काठमाडौं आउने निगमका एक अधिकारीले जानकारी दिएका छन् ।
निगमका अनुसार यात्रुहरूमा अहिले सबै प्रतीक्षालयमा छन् । टायर मर्मत सकिएपछि सोही जहाजमा राखेर काठमाडौं आउने निगमले जानकारी दिएको छ । file photo 

लोकान्तर डट कमबाट।  

Views: