d

भारतीय सेना प्रमुखमा मनोज पाण्डे 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भारतीय सेनाको नयाँ सेनाप्रमुखमा वर्तमान उपसेनाप्रमुख मनोज पाण्डे नियुक्त हुन लागेका छन् । पाण्डे हाल पूर्वी कमान्डरका रूपमा कार्यरत छन् । उनी भारतीय सेनाको नेतृत्व गर्न लागेका इन्जिनियर्स कोरका पहिलो कमान्डर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पाण्डे भारतीय सेनाका २९औँ प्रमुख हुनेछन् । 

भारतीय सेनाप्रमुख मनोज मुकन्द नरवणे १८ वैशाखदेखि सेवा निबृत्त हुँदैछन् । सेनाप्रमुखका रुपमा पाण्डेले १८ वैशाखबाट कार्यभार सम्हाल्नेछन् । भारत सरकारको मन्त्रिपरिषद् बैठकले सोमबार पाण्डेलाई १९ वैशाखबाट लागू हुने गरी सेनाप्रमुख नियुक्त गर्ने निर्णय गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ । 

आफ्नो ३९ वर्षे कार्यकालमा पाण्डेले चीन र पाकिस्तानसँग जोडिएका सीमा क्षेत्रमा इन्जिनियरिङ ब्रिगेडको नेतृत्व गरेको अनुभव छ । पाण्डेलाई पाकिस्तान र चीनविज्ञ नयाँ सेनाप्रमुखका रुपमा भारतीय सञ्चारमाध्यमले प्रस्तुत गरेका छन् । 
 

Views: