d

श्रीलङ्काको प्रधानमन्त्रीमा रनिल विक्रमासिङ्घे नियुक्त

Views:
Responsive Image Gallery
Responsive Image Gallery

श्रीलङ्काको प्रधानमन्त्रीमा रनिल विक्रमासिङ्घे नियुक्त हुनुभएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले विक्रमासिङ्घेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका बताइएको हो।  

विक्रमासिङ्घे श्रीलङ्कामा सबैभन्दा धेरै पाँच पटक प्रधानमन्त्री बन्न सफल भएका छन्  ।  प्रधानमन्त्री बन्न राष्ट्रपतिले विपक्षी नेताहरूलाई आग्रह गरे पनि नेताहरूले अस्वीकार गरेपछि विक्रमासिङ्घे प्रधानमन्त्री बनेका हुन्।   । 

गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा आन्दोलन चर्किएको छ । प्रधानमन्त्रीबाट राजीनामा दिनुभएका महिन्दा राजापाक्षेको घरमा आन्दोलनकारीले आगो लगाइदिएपछि उहाँ सेनाको शिविरमा बस्दै आएका छन्।  

आजै अदालतले राजापाक्षेसहितका १६ जना व्यक्तिलाई देश छाडेर जान रोक लगाएको छ । यद्यपि उनको छाेराले आफू र आफ्ना बुबाकाे देश छाड्ने मनसाय नभएकाे भन्दै कुनै पनि प्रकारकाे जाँचमा सहयाेग गर्न तयार रहेकाे बताएका छन् । photo: aljazeera

Views: